अन्तिम खेलमा नेपालको युएइविरुद्ध 160 रनको फराकिलो जित

sports

एसीसी यू–१९ एसिया कपपमा नेपालले अन्तिम खेलमा यूएईलाई एक सय ६० रनले पराजित गरेको छ । जितसँगै नेपालले एसिया कपमा जितका साथ प्रतियोगिता सकेको छ भने विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।नेपालको इनिङ्मा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो । पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए । चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् ।

त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहित कुमार पौडेल ७९ रनको साझेदारी गर्दै टिमको इनिङ् सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए ।सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए ।आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पु¥याएका थिए । कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।

जवाफमा यूएई ३४ ओभर चार बलमा उक सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भ्रितीया रुद्राभलले सर्वाधिक २८ रन बनाए । यस्तै अलिसान सराफुले २१ रन जोडे । बलिङमा नेपालका सागर ढकालले तनि तथा रसिद खान, शुर्य तामाङ र पवन सराफले दुई दुई विकेट लिएपहिलो बलमा ओपनर रित गौतम क्याच आउट भए । चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *