बन्दै गरेको गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जर्मनीको म्युनिख इन्टरनेशनल एयरपोर्टले संचालन गर्ने !

news

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरिरहको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ ।

यो प्रस्तावमाथि मन्त्रालयले अध्ययन गरिरहेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । ‘सरकारले जीटुजी मोडलबाट विमानस्थल सञ्चालनको निर्णय गरेपछि म्युनिख एयरपोर्टको प्रस्ताव आएकोले त्यसमाथि मन्त्रालयले छलफल गरेको छ । सम्भवतः यस विषयमा सरकारले छिट्टै निर्णय गर्ने छ,’ मन्त्री भट्टराईले भने । विमानस्थल सञ्चालनका लागि हालसम्म जर्मनीबाहेक अन्य मुलुकबाट प्रस्ताव नआएकोले उसैले पाउने सम्भावना बढी रहेको मन्त्रालयका अधिकारी बताउँछन् । यद्यपि, त्यसबारेमा अहिले नै अन्तिम निर्णय भने भइनसकेको उनीहरूको भनाइ छ ।नेपालस्थित जर्मन राजदूतावास मार्पmत पर्यटन मन्त्रालय र प्राधिकरणलाई गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको थियो । यस विषयमा जर्मनीका राजदूतले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिसकेका छन् । विमानस्थल सञ्चालनको जिम्मेवारी दिने विषयमा पर्यटन मन्त्रालयले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिरहेको छ । समितिमा नागरिक उड्डयन प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र लगायत मन्त्रालयको प्रतिनिधि सहभागी छन् । समितिले प्रस्तावमाथि छलफल गरी त्यसको मूल्यांकन गर्ने तथा सरकारलाई सिफारिश गर्ने छ । यो समाचार आर्थिक अभियानमा टीपी भुसालले लेखेका छन्

जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ ।विमानस्थल सञ्चालनका लागि हालसम्म जर्मनीबाहेक अन्य मुलुकबाट प्रस्ताव नआएकोले उसैले पाउने सम्भावना बढी रहेको मन्त्रालयका अधिकारी बताउँछन् । यद्यपि, त्यसबारेमा अहिले नै अन्तिम निर्णय भने भइनसकेको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *