व्यक्तिगत सम्बन्धका कारण कुनैपनि खेलाडी माथि अन्याय गरिन – पारस खड्का

sports

गतहप्ता १० बर्ष देखि राष्ट्रिय क्रिकेट टिमको कप्तानि गर्दै आएका नेपाली कप्तान पारस खड्काले अचानक कप्तानिबाट राजिनामा दिए । उनको अप्रत्यासित राजिनामाले नेपाली क्रिकेट जगतमा हलचल नै मंचियो ।सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसकाे कार्यकालमा नेपाली क्रिकेटलाई विदेशमा चिनाउन धेरै राम्रा काम भए । उनले एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेलमा कप्तानी गरेका थिए ।

उनकै कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्न सफल मात्र भएन, एक दिवसीयकाे मान्यता पनि पाएकाे थियाे । उनकाे कप्तानीमा पहिलो वान डे सिरिज र टि-ट्वान्टी सिरिज समेत नेपालले जितेकाे थियाे । उनी नेपालबाट वान डे र टी-२० दुवैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् । कप्तानी छाडे पनि पारसले केही समय राष्ट्रिय टिमबाटै खेल्नेछन् ।

पारस खड्काले नेपाल क्रिकेट संघ निलम्बनको समयमा राष्ट्रिय टिमका लागि खेलाडी छनौट आफ्ना लागि निकै कठिन भएको बताएका छन । क्यान आइसीसीको निलम्बनमा रहेको समयमा पारस राष्ट्रिय टिमको कप्तानका रुपमा खेलाडी छनौटमा प्रत्यक्ष रुपमा संलग्न भएका थिए । क्यानमा नया नेतृत्व र निलम्बन फुकुवा भएपछि कप्तान पद त्यागेको घोषणा गरेका पारसले ब्यक्तिगत सम्बन्धका कारण कुनैपनि खेलाडी माथि अन्याय भने नगरेको दाबी गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *